राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय
काठमाडाैं | पुस २०, २०८०
काठमाडौं: नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनमा रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विभिन्न कलस्टरका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
उनले त्यसका लागि सातवटै प्रदेशबाट कम्तिमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको बताए। विशेषतः आन्दोलनमा योगदान गरेका नेता–कार्यकर्तालाई प्राथमिकता राख्ने महासचिव पोखरेलको भनाइ छ।
ुराष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने विषयमा आजको बैठक बस्यो। बैठकले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ। त्यसका लागि ७ वटै प्रदेशबाट विभिन्न कलस्टरका लागि तीन जनाको नाम सिफारिस गर्न अनुरोध गरेका छौं। आन्दोलनमा योगदान गरेकालाई प्राथमिकतामा राख्छौं,ु महासचिव पोखरेलले भने।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन हुँदैछ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रियसभा निर्वाचनमा शून्य नबनाउन प्रस्ताव गरेको विषय सार्वजनिक भइसकेको छ। यद्यपि एमालेलाई कति सिट दिने विषयमा सत्ता गठबन्धनले टुंगो लगाउन सकेको छैन।
राष्ट्रियसभामा २० सिट रिक्त हुने भए पनि निर्वाचन आयोगले १९ सिटका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ। एक सिट भने राष्ट्रपतिले मनोनीत गर्नेछन्।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

